scheduleशनिवार भाद्र ७ गते, २०७६

फिफाले म्यानचेस्टर सिटीलाई जरिवाना सुनायो


एजेन्सी, २९ साउन । खेलाडी अनुबन्धको विषयलाई लिएर इंग्लिस क्लब म्यानचेस्टर सिटीले जरिवाना तिर्नुपर्ने भएको छ ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीलाई विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले जरिवाना सुनाएको हो । युवा खेलाडी अनुबन्धमा नियम उल्लङ्घन गरेको भन्दै फिफाको अनुशासन समितिले सिटीलाई ३१५,००० मिलियन पाउन्ड जरिवाना सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

फिफाको आर्टिकल १९ मा अन्य देशबाट १८ वर्षभन्दा मुनिको खेलाडी अनुबन्ध गर्न नपाइने उल्लेख भए पनि सिटीले उक्त नियम उल्लंघन गरेको फिफाको ठहर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage