scheduleशनिवार भाद्र ७ गते, २०७६

अमेरिकी फौजीकिरा नेपालमा

काठमाडाैं, २९ साउन ।  नेपालमा अमेरिकी फौजीकिराको प्रवेश भएको राष्ट्रिय बिरुवा संरक्षण संगठनले जनाएको छ । संगठनको बैठकले नेपालमा अमेरिकी फौजीकिरा प्रवेश गरेको आधिकारीक घोषणा गरी सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउने निर्णय गरेको छ ।

यो किराले विशेष गरी मकै बालीमा असर गर्ने र मकै उत्पादन घटाउने हुँदा यसको समयमा नै व्यवस्थापन गर्न विशेष समिति समेत गठन गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपुर तथा चितवन जिल्लाका विभिन्न स्थानहरुको मकै बाली परीक्षण गर्दा फौजिकिराको समस्या देखिएको हो ।

यो किराको व्यवस्थापन गर्न किसानलाई किराको व्यवस्थापनको उपाय सिकाउने विषयमा पनि कार्यक्रम ल्याइने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र सूचना अधिकारी रामकृष्ण सुवेदीले  बताए । फौजिकिराको नियन्त्रण नगरेमा नेपालको मकै बालीको उत्पादन घट्ने केन्द्रले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage