scheduleबिहिवार भाद्र ५ गते, २०७६

माैसम खबर : अधिकांश स्थानमा चट्याङ्ग सहित वर्षाको संम्भावना

काठमाडाैं, २९ साउन ।  आज देशको अधिकांश ठाउँमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।

देशको पहाडि भू भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।

हाल देशको मध्य तथा पूर्वी तराईका भू भागमा आंशिक बदली र बाँकी भू भागमा सामान्य बदली रही पश्चिमी पहाडी भू भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा  उत्तर तिर सर्ने क्रममा छ । साथै नेपालको पूर्वी र मध्य भू भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको छ र यो प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage