scheduleबिहिवार भाद्र ५ गते, २०७६

रकेट इन्जिन विस्फोटमा पाँच रुसी न्युक्लियर इन्जिनियरको मृत्यु

एजेन्सी, २१ साउन ।  रुसमा रकेट इन्जिन विस्फोटमा परेर पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् ।

रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् ।

आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो ।तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage