scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

हेटौँडाको एउटै वडामा ६० जनालाई डेङ्गु

हेटौँडा, २९ साउन । हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् ।

हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । यो सङ्ख्या जिल्लाभरिको डेङ्गु सङ्क्रमितहरुको करीब आधा हो । नियन्त्रणको प्रयासका बाबजुद पनि मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि बृहत सचेतना, सरसफाइ तथा डेङ्गु सार्नसक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखा प्रमुख कार्कीको भनाइ छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage