scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

विवाद बढेपछि पुनः सर्‍यो नेकपा सचिवालय बैठक


काठमाडौं, २९ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः सरेको छ । यसअघि मंगलबारका लागि बोलाइएको तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो ।

खासगरी प्रशिक्षण विभागमा देखिएको चरम विभाग अन्य विभागहरुमा पनि देखिएपछि बैठक पुनः विहीबारका लागि सारिएको हो । प्रशिक्षण विभाग बाहेकका अन्य विभागहरुमा तत्कालीन एमाले र माओवादीबीच सहमति जुटे पनि उक्त जिम्मेवारी कसलाई दिनेभन्नेबारेमा विवाद देखिएको छ ।

खासगरी पूर्वएमालेभित्र ओली र माधव नेपाल समूहबीच यसबारे रस्साकस्सी छ । आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेबाट सचिवालयमा रहेका ६ नेताको बैठक मंगलबार बालुवाटारमा बसेको स्रोतले जनाएको छ ।

ओलीले पूर्वमाओवादीको पक्षमा परेको मजदुर विभागमा आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ईञ्चार्ज बनाउने प्रस्ताव गरेपछि माधव नेपाल पक्षको असहमति रहेको छ । त्यसैगरी युवामा महेश बस्नेत र महिला विभाग प्रमुखमा गोमा देवकोटाको नाम पनि उनले प्रस्ताव गरेको स्रोतको दावी छ ।

बुधबार बिहान प्रधानमन्त्री समेत रहेका ओलीले अर्का अध्यक्ष प्रचण्डसँग भेट गर्दै गृहकार्य नपुगेकोले बैठक सार्न प्रस्ताव गरेका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage