scheduleशनिवार भाद्र ७ गते, २०७६

जङ्गली च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

काठमाडौं, २९ साउन । जाजरकोट- जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो । च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage