scheduleशनिवार भाद्र ७ गते, २०७६

असफलताबाट निराश हुनुहुन्छ, यो पढ्नुहोस्


एकजना गरिब युवा संघर्ष गर्दा गर्दा थाके तर उसले सुख पाउन सकेन । जति दुःख गर्‍यो त्यति त्यति दुःख नजिक भएपछि निराश ती युवाको एक दिन एक सन्तलाई भेटे ।

हिम्मत हारिसकेको ती युवाले सन्तसँग प्रतिप्रश्न गरे । उनले भने, ‘म त थाकिसकेको छु । अब केही गर्न सक्दिनँ ।’
ती युवा नकरात्मक सोचका कारण पराजित मानसिकतामा पुगेकी ती सन्तलाई लाग्यो । उनले ती युवालाई एउटा कथा सुनाए ।

कथाका अनुसार एकजना बच्चाले एउटा बाँस र एउटा क्याक्टसको बिरुवा एकैपटक रोपे । बच्चाले दैनिक दुवै बिरुवामा पानी हाल्न थाल्यो । ती दुवै बिरुवाको बराबर हेरचाह पनि गर्न थाल्यो ।

केही दिनपछि क्याक्टस हुर्कन थाल्यो तर, बाँसमा कुनै पनि परिवर्तन आएन । हप्ता दिन, महिना दिन, अझ थप समय … । जति कुरे पनि बाँसमा केही लक्षण देखिएन । यद्यपि, त्यो बच्चाले हार मानेन । दुवै बिरुवालाई उत्तिकै माया गरिरह्यो । हेरचाह गरिरह्यो ।

एकदिन ती बालकले बाँसमा पनि पालुवा पलाएको देख्यो । उसले देख्यो कि बाँस यति छिटो बढ्न थाल्यो कि केही दिनमा त्यो क्याक्टसभन्दा ठूलो भइहाल्यो ।
सन्तले भने, ‘बाँसको बिरुवाले उम्रनुभन्दा अगाडि बलियो गरी जरा गाड्ने तयारी गर्छ, त्यसैले उसलाई पलाउन केही समय लाग्छ । हाम्रो जीवनमा पनि जब संघर्ष चलिरहेको हुन्छ, त्यतिबेला हामीले हाम्रो जरा बलियो बनाउन आवश्यक छ न कि निराश हुन ।

जब हाम्रो जिन्दगीको जरा पनि बलियो हुन्छ, तब हामीले तीव्ररुपमा हाम्रो जीवनको लक्ष्य भेट्टाउन सक्छौं । त्यतिबेलासम्म धैर्य राख्नुपर्छ ।

तब, ती युवकले सन्तको कुरा बुझ्यो र पुनः उत्साहका साथ काम गर्न थाल्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage