scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

जापान जाने कामदारको भाषा परीक्षा कात्तिक ११ र १२ गते


काठमाडौं, २९ साउन । नर्स र केयरगिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी कात्तिक ११ र १२ गते हुने टुंगो लागेको छ ।

केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । सोही छलफलका आधारमा भाषा परीक्षा र सिप परीक्षणको मिति टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले जानकारी दिए ।

भाषा परीक्षामा पास भएका कामदारको सिप परीक्षण पनि कात्तिक १९ र २० गते गरिने भएको छ । भाषासँगै सिप परीक्षणमा सहभागि भई उत्तीर्ण भएका कामदारहरु रोजगारीका लागि जापान जान पाउने छन् ।

समझदारीमा पारित मस्यौदा अनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने ४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ । सहसचिव उमेश ढुंगानाका अनुसार कामदारले एकपटक जापानी भाषा परीक्षा पास गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage