scheduleशनिवार भाद्र ७ गते, २०७६

‘कानुन कार्यान्वयन गराउन सबै तहका सरकारबीच सहमति आवश्यक’


काठमाडौं, २९ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनको सफल कार्यान्वयन गराउन सबै तहका सरकारबीच सहमति आवश्यक रहेको बताएका छन् ।

संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश ३ का जनप्रतिनिधिसंग भएको छलफलमा अध्यक्ष तिमिल्सिनाले संविधानको भावनाअनुसार साझा अधिकारको सूचीलाई व्यवस्थित र परिभाषित गरी संविधानको भावनाअनुसार सबै नागरिकले अधिकारको प्रयोग गर्नसक्ने बनाउनुपर्ने धारणा राखे ।

संघ, प्रदेश र स्थानीय तहले हरेक अधिकारलाई आफू मातहत राख्न चाहनु अस्वभाविक नभएको भन्दै उनले सबैको चाहनाबाट साझा सहमति खोज्न प्रदेशस्तरीय छलफल प्रभावकारी हुने विश्वास व्यक्त गरे । बृहत छलफल गरेर लामो समयसम्म संशोधन गर्न नपर्ने गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने उनको भनाइ छ ।

विधेयकमा सक्दो सहमति जुटाउने उद्देश्य साथ राष्ट्रियसभाले संघीय संसद, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरुसंग संयुक्त छलफल गरेको हो । ७ वटै प्रदेशबाट आएका सुझावका आधारमा विधेयकमा संसोधन गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage