scheduleबुधवार भाद्र ४ गते, २०७६

अन्ततः अन्तर्राष्ट्रिय क्रिकेटबाट क्रिस गेलको सन्यास


ट्रिनिडाड, ३० साउन । क्रिकेट दुनियाँमा महानायक क्रिस गेलले अन्ततः अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । युनिभर्सस बोसको उपनाम पाएका बेस्ट इन्डिजका क्रिकेटर गेलले बुधबार राति भारतसँगको एक दिवसीइ सिरिजको अन्तिम खेल खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

गेलको बिदाई खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हरायो । अन्तिम खेलमा उनले ४१ बलमा ५ छक्का र ८ चौकासहित ७२ रन बनाएर आफ्नो उत्कृष्ट प्रदर्शन गरे । अन्तिम खेलमा उनी खालिद अहमेदको बलमा भारतीय कप्तान विराट कोहलीको हातबाट आउट भए ।

आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा ५४ अर्धकशतक जोड्न सफल भए । उनले वेस्ट इन्डिज टिमबाट ३०० एक दिवसीय खेले । ती खेलहरुमा उनले २५ शतक र ५४ अर्शशतकसहित १०४८० रन जोड्न सफल भए । एक दिवसीयमा उनले एक पटक दोहोरो शतक पनि बनाएको छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage