scheduleशनिवार आश्विन ४ गते, २०७६

व्यवसायीको मागअनुसार दूध मूल्य बढाउन लागिएको हो: मन्त्री खनाल


काठमाडौं, ३० साउन । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । उत्पादन मूल्य र लागत मूल्य बढेको भन्दै दूधको मूल्य बढाउने तयारी गरेको हो ।

कृषि तथा पशुपन्छी विकास चक्रपाणि खनालले किसान र व्यवसायीको मागअनुसार नै दूधको मूल्य बढाउने तयारी गरेको बताए ।

‘व्यवसायीको माग दूधको प्रतिलिटर मूल्य ६ देखि १० रुपैयाँ बढाउने माग छ तर कति बढाउने टुंगो लागेको छैन । मन्त्री खनालले किसानको हितमा हुने गरी मूल्य बढाउने बताए ।

अन्य क्षेत्रको मूल्य वृद्धिले उत्पादन लागत बढेकाले दुधको मूल्य बढाउने तयारी गरेको राष्ट्रिय दुग्ध विकास बोर्डका समितिका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए । उनले किसान केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनलगायतको सहमतिमै दूधको मूल्य बढाउन तयारी गरेको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage