scheduleशनिवार आश्विन ४ गते, २०७६

जापानको आओमोरीमा ५.४ म्याग्नीच्युडको भूकम्प


टोकियो, ३० साउन । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ ।

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९.० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो । रासस /सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage