scheduleसोमवार आश्विन ६ गते, २०७६

वडा अध्यक्षलाई प्रतिबन्धित नेकपाको कालो मोसो र जुत्ताको माला


म्याग्दी, ३० साउन । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुकोट भकुन्डेका वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको हो ।

नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडाअध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टीविरुद्ध सुराकी गरेकोलगायतका आरोप उक्त पार्टीले लगाएको छ ।

पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप अध्यक्ष थापालाई कालोमोसो दल्नुको साथै चप्पलको माला लगाएर जनकारवाही गरेको नेकपा म्याग्दीले जनाएको उक्त पार्टी निकट अनलाइन इरातोखबरले लेखेको छ ।

पछिल्लो समय प्रतिबन्धित नेकपाले स्थानीय तहका जनप्रतिनिधिमाथि निशाना सोझ्याइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage