scheduleशनिवार आश्विन ४ गते, २०७६

सय भन्दा बढी यात्रु सवार विमान आकस्मिक अवतरण

फाइल फोटो

काठमाडौं, ३० साउन । रूसको राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेको छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् ।

समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

एकसय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage