scheduleशनिवार आश्विन ४ गते, २०७६

बैठक सुरु भएपछि प्रधानमन्त्रीलाई ज्वरो आयो, नेकपा बैठक पुनः स्थगित

NCP Meeting
काठमाडौं, ३० साउन । सत्तारुढ नेकपाको सचिवालय बैठक पुनः स्थगित भएको छ । यसअघि मंगलबारको लागि बोलाइएको बैठक पटकपटक सर्दै विहीबारका लागि बोलाइएको थियो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि विहीबार पनि औपचारिक एजेन्डामा प्रवेश नगरी नेकपा सचिवालय बैठक स्थगित भएको हो ।

बैठक स्थगित भएको जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि आराम गर्नको लागि बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ ।’

अनौपचारिकरुपमा केहीबेर बसेको बैठकमा विष्णु पौडेलको प्रतिवेदनमाथि सामान्य छलफल भए पनि बैठक औपचारिक एजेन्डामा प्रवेश गर्न नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
नेकपामा विभागीय नेतृत्व बाँडफाँडमा लामो समयदेखि विवाद देखिँदै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage