scheduleसोमवार आश्विन ६ गते, २०७६

बलिउड अभिनेत्री विद्या सिन्हाको निधन

मुम्बई,  ३० साउन । बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन  भएको छ । ७१ वर्षीया सिन्हाको  बिहीबार निधन भएको हो ।

उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित रहेको समाचार संस्थाहरुले जनाएका छन् ।  गत साता उनको स्वास्थय अवस्था निकै नाजुक बनेको थियो ।  ब्लड प्रेसर र प्लस रेट स्थिर भएका कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयाैं फिल्ममा अभिनय गरेकी थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage