scheduleबुधवार श्रावण २८ गते, २०७७

ढोरबराह मन्दिरमा ६ सयभन्दा बढी भेडाको बलि


बागलुङ, ३० साउन । बागलुङको प्रशिद्ध धार्मिक स्थल ढोरबराह मन्दिरमा जनैपुर्णि पर्वको अवसरमा ६ सय भन्दा बढी भेडाको बलि चढाइएको छ ।

ढोरबराह मन्दिरमा दर्शन तथा पुजा पाठ गरेमा मनोआकाङक्षा पुरा हुने जनविश्वासका कारण बागलुङ जिल्ला सहित गुल्मी, प्युठान, रुकुम, रोल्पा, म्याग्दि, पाल्पा, गुल्मी, बुटवल काठमाडौं लगायत देशका विभिन्न स्थानबाट आएका दर्शनार्थीले मन्दिरको दर्शनसँगै सयौँ भेँडाको बलि चढाएका हुन् ।

मन्दिर व्यवस्थापन समितीका अनुसार बिहान ४ बजेदेखि दर्शनाथीहरुलाई लाइनमा लगाएर पुजा पाठ गर्न दिइएको हो । बिहानदेखि सुरु गरिएको पुजापाठमा ढोरबराह मन्दिरमा साँझ सम्ममा मात्रै ५ सय ४२ र उक्त मन्दिर नजिकै रहेको सुल्ठान मन्दिरमा करिब ८० गरी ६ सय २२ भन्दा बढि भेँडाको बलि दिइएको बताइएको छ ।

त्यस्तै सयौँ भेडा आजकै दिनमा पुजा गर्नका निम्ती खरिद गरेर विभिन्न स्थानमा पुर्‍याउने गरेको स्थानीय भेडा ब्यापारी भिमप्रसाद अदैले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय