scheduleशनिवार भाद्र ७ गते, २०७६

अन्ततः पक्राउ परे पत्रकार रवि लामिछाने


काठमाडौं, ३० साउन । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेसँगै कार्यरत अर्का पत्रकार युवराज कँडेलसहित उनलाई विहीबार साँझ प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले पत्रकारद्वयलाई टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेर दुवैलाई चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

‘न्यूज २४ टेलिभिजन’को ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछानेलाई चितवनमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनाका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विहीबार नै प्रहरीले पत्रकार पुडासैनी प्रकरणमा जोडीउको एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको थियो । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको जिकिर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage