scheduleमगलवार कार्तिक २६ गते, २०७६

हाम्रो शरीरसँग जोडिएका छक्क पार्ने यी तथ्यहरु !

हामीलाई लाग्छ कि मानव शरीरबारे हामीलाई प्रशस्तै ज्ञान छ । शरीरले गर्ने र शरीरभित्रका हरेक क्रियाकलाप सामान्य र हामीले सोचेजस्तो, जानेजस्तो नै हुन्छ तर, हाम्रो शरीरसँग जोडिएको कयौं यस्ता तथ्यहरु छन्, जसलाई तपाईले अहिलेसम्म पनि नसुन्नुभएको पनि हुनसक्छ ।

यहाँ मानवको शरीरसँग जोडिएका विभिन्न रोचक तथ्यहरुको बारेमा केही जानकारी प्रस्तुत गरिएको छ, जसलाई पढेर तपाईलाई यस्तो पनि हुन्छ र भन्ने लाग्न सक्छ ।

यदि तपाईलाई लाग्छ कि कसैलाई चुम्बन गर्दा धेरै किटाणु तपाईको शरीरमा प्रवेश गर्छ, तर हात मिलाउँदा चुम्बन गर्दा भन्दा कयौं ज्यादा किटाणुहरु प्रवेश गर्दछन् ।

हाम्रो शरीरको बलियो हड्डीबाट मिनरल निकालेर पूरा रात त्यसलाई ६ प्रतिशत हाइड्रोक्लोरिक एसिडमा डुबाएर राख्दा उक्त हात यति नरम हुन्छ कि तपाईले त्यसलाई धागोजस्तो बाँध्न पनि सक्नुहुन्छ ।

हामीलाई लाग्छ कि डन्डीफोर केवल युवतीहरुको समस्या हो तर युवतीभन्दा युवकमा बढी डण्डीफोरको समस्या देखिन्छ ।

के तपाईंलाई थाहा छ हाम्रो मष्तिष्कले एक मिनेटमा एक हजार शब्द पढ्न सक्छ ।

हरेक मानिसको शरीरबाट फरक फरक किसिमको गन्ध आउँछ । तर जुम्ल्याहाहरुबाट भने एकै किसिमको गन्धन आउन सक्छ ।

मानिसको जीवनको पहिलो छ हप्तामा महिला र पुरुषको भ्रुणमा कुनै अन्तर हुँदैन ।

जसरी हरेक मानिसको फिंगरप्रिन्ट फरक हुन्छ त्यसैगरी संसारका हरेक मासिनको जीब्रोको फिंगरप्रिन्ट पनि फरक हुन्छ ।

के तपाईलाई थाहा छ हाम्रो नाकले लगभग पचास हजार किसिमको सुगन्धलाई सुघ्न सक्छ र आँखाले एक लाख रंगलाई चिन्न सक्छ ।

मानिसको शरीरको मुखमा दैनिक १ लिटर थुक पैदा हुन्छ र पूरा जीवनभरीमा लगभग १० हजार ग्यालन ।

–विभिन्न वेबसाइटहरुको सहयोगमा

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage