scheduleशनिवार आश्विन ४ गते, २०७६

जम्न छाड्यो हास्य कार्यक्रम, कलाकार अन्तै व्यस्त

काठमाडौँ, ३१ साउन । कुनै बेला शोक बिर्साउन विभिन्न प्रहसन तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गरेर गाईजात्रा गरिथ्यो । तर अहिलेको गाईजात्रा महोत्सवमा न त हाँस्न दर्शकको बाक्लो जमघट हुन्छ न त कलाकारबीच कसले बढी हँसाउने भन्ने प्रतिस्पर्धा नै चल्छ ।

तिथिअनुसार गाईजात्रा एक दिन पर्ने भए पनि नेपाली हास्य कलाकारहरूले यो जात्रा तीन दिनदेखि पाँच दिनसम्म मनाउँछन् । हास्य कलाकार मात्र नभएर अन्य विधाका कलाकार पनि व्यङ्ग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुति दिँदै आउने गर्थे ।

पछिल्ला केही वर्षमा चर्चित हास्य कलाकार चलचित्र निर्माणमा होमिन थालेपछि गाईजात्राको रौनक अझै घटिरहेको छ । सधैँ गाईजात्राको कार्यक्रममा व्यस्त हुनुहुने हास्य कलाकार शिवहरि पौड्यालले यसपालि त्यस्तो कार्यक्रम नरहेको बताउनुभयो । उहाँले आफू नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त रहेको जानकारी दिनुभयो ।

शिवहरि मात्र होइन प्रख्यात हास्य जोडी दीपक–दीपा पनि चलचित्रमै व्यस्त रहनुहुनेछ । ‘छ माया छपक्कै’को छायाङ्कनमा व्यस्त भएको बताउँदै दीपाश्री निरौलाले भन्नुभयो, ‘‘यसपालि गाईजात्राकै दिन मात्र गाईजात्रा मनाउँछौँ ।’

राजधानीमा गाईजात्राको रौनक त्यति देखिएको छैन कलाकार गिरी भन्नुहुन्छ, ‘हास्य विधाका कलाकारलाई गाईजात्राको निक्कै चटारो भइसक्थ्यो, अन्तिम रिहर्सल, पोसाक, शृङ्गार र सङ्गीतको चाँजोपाँजो मिलाउँदै हल, साउन्ड सिस्टम र टिकट बिक्रीजस्ता काममा सरिक भइसकेका हुन्थेँ तर काठमाडौँमा यसपालि त्यस्तो कुनै चहलपहल देखिँदैन ।’ गोरखापत्र दैनिकमा सरोज आचार्य र यलु जोशीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage