scheduleशनिवार आश्विन ४ गते, २०७६

सडकमा गुणस्तरहिन काम, महिना नपुग्दै भत्कियो

धनगढी, ३१ साउन । धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ।

निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो। ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ।

निर्माण सम्पन्न भएको भन्सारदेखि राजपुरसम्मको खण्डको बीच–बीचमा तथा नाला किनारमा कालोपत्रे दबिने र भत्किने गरेको स्थानीय बताउँछन्।

‘प्रदेश मन्त्रीदेखि उच्च तहका अधिकारी हिँडडुल गर्ने स्थानमै यस्तो गुणस्तरहीन काम हुन्छ भने दुर्गमको अवस्था कस्तो होला,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘सबैको मिलेमतोमा गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण सडक भत्किन थालेको हो ।’ नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage