scheduleशनिवार आश्विन ४ गते, २०७६

राष्ट्रिय परिचय पत्र आँफै सच्याए १० वर्ष कैद

काठमाडौं, ३१ साउन । राष्ट्रिय परिचयपत्र आफैंले सच्याएमा पाचँदेखि १० वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सो सजाय राख्ने सहमति भएको हो ।

‘झुठो विवरण दिई परिचयपत्र लिएमा वा परिचयपत्रको विवरण आफूखुसी थपघट गरेमा, केरमेट गरेमा वा सच्याएमा पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ,’ भन्ने व्यवस्था विधेयकमा राख्न समितिमा सहमति भएको छ । नागरिक दैनिकमा ईश्वरी सुवेदीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage