scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

राहदानी विधेयक संसदमै अलपत्र

काठमाडौं, ३१ साउन । राहदानी विधेयकमाथि संसद्मा छलफल नहुँदा पारित कहिले हुने भन्नेबारे अन्योल भएको छ। प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता आएपछि संसद्ले यसलाई अघि बढाएको छैन। यस विधेयकमाथि संसद्मा एकपटक मात्र छलफल भएको छ।

विधेयकलाई फेरि नयाँ विधेयककै प्रक्रियामा अघि बढाउनुपर्ने भएपछि विधेयकमाथिको छलफल रोकिएको हो। नयाँ प्रक्रिया अपनाउँदा राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल पुन छलफल गर्नुपर्ने हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई पुनर्विचार गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा गत जेठ ८ गते फिर्ता पठाएकी थिन्। संसद्मा अन्य विधेयक पनि छलफलमै रहेकाले राहदानी विधेयकलाई ठाउँ दिइएको छैन। विधेयक कहिले पारित हुन्छ भन्ने अन्योलमै रहेका बखतमा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरिरहेको छ। संसद् अधिवेशन अन्त्य भएमा राहदानी विधेयक पारित गर्ने प्रक्रिया लम्बिने छ। नागरिक दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय