scheduleबिहिवार आश्विन २ गते, २०७६

नेकपा प्रमुख सचेतकको घरमा बम प्रहार


बुटवल, ३१ साउन । नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना-७ रामापुरमा रहेको ढकालको घरमा शुक्रबार बिहान बम प्रहार भएको हो । प्रहरीका अनुसार बिहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार भए पनि दुईवटा बम पड्किएन ।

बम विस्फोट हुँदा सचेतक ढकाल घरमा थिएनन् । उनी बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन् । बम प्रहार हुँदा घरमा ढकालका आमा र बुवा मात्र घरमा रहेका थिए ।

बम प्रहारबाट उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा केही क्षति पुगेको छ । बम प्रहार प्रतिबन्धित नेकपाले गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage