scheduleशनिवार आश्विन ४ गते, २०७६

बस अनियन्त्रित भएर पोलमा ठोक्कियो, एकको मृत्यू, १५ घाइते


हेटौंडा, ३१ साउन । हेटौँडा उपमहानगरपालिका-१९ मा पर्ने नेवारपानीमा बस अनियन्त्रित भएर पोलमा ठोक्किएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही रामनगर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर तीन जनालाई उपचारको लागि भरतपुर पठाइएको छ । अन्य सामान्य १० जनालाई स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage