scheduleमगलवार मंसिर ३ गते, २०७६

झिलझिलेका प्रहरीले पक्राउ गरे तीनजना


सुरुङ्गा, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् । दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage