scheduleबुधवार आश्विन ६ गते, २०७८

चाडपर्वमा खाद्यान्न अभाव हुँदैनः मन्त्रालय

काठमाडौं, ३१ साउन । सरकारले नजिकिँदै गरेको चाडपर्वमा खाद्यान्न अभाव नहुने दाबी गरेको छ । बजारमा उपभोक्तालाई चाडपर्वमा आवश्यक सामानको आपूर्ति गर्न सरकारले अनुगमन, कालोबजारी रोक्न र गुणस्तर मापदण्डका लागि तयारी सुरु गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव केदारबहादुर अधिकारीले बजार अनुगमन बढाउन कार्ययोजना बनाउने र तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए ।

कसैले कालोबजारी गरेको, मिसावट गरेको र अखाद्य सामान विक्रि वितरण गरेको पाइए कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय