scheduleबिहिवार आश्विन २ गते, २०७६

बाढी प्रभावितलाई राहत वितरण गर्दै प्रदेश दुई सरकार

रौतहट, ३१ साउन । प्रदेश नम्बर २ मा गत असार २८ गते आएको बाढीका प्रभावितको गुनासो प्रदेश सरकारले सम्बोधन गर्ने भएको छ । बाढीमा प्रभावित भएकाहरुले राहत नपाएको गुनासो गर्न थालेपछि प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरणको काम अघि बढाएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बढी क्षति भएका क्षेत्रमा अहिले राहत वितरणको काम भइरहेको र अन्य क्षेत्रमा पनि राहत वितरण गरिने जानकारी दिए । उनले आगामी दिनमा विपद्को समयमा सरकार कसरी प्रभावकारी ढंगबाट अघि बढ्न सक्छ भन्नेमा प्रदेश सरकार सचेत रहेको बताए ।

बाढीका कारण प्रदेश २ मा झन्डै साढे ६ लाख नागरिक प्रभावित भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage