scheduleबिहिवार आश्विन २ गते, २०७६

संयुक्त सैन्य अभ्यासपछि दक्षिण कोरियासँग क्रुद्ध बन्यो उत्तर कोरिया

काठमाडौं, ३१ साउन । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै अबदेखि दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ । दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ ।

सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने भनी दिएको भाषणको कटु आलोचना गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage