scheduleशनिवार आश्विन ४ गते, २०७६

प्रधानमन्त्री भन्छन- चिकित्सकले अझै १५/२० वर्ष वाँच्ने बताएका छन्


काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सब ठीक भएको प्रतिक्रिया दिएका छन् । विहीबार प्रधामन्त्री ओली बिरामी भएर नेकपा सचिवालय बैठक स्थगित भएपछि उनी बिरामी भएको चर्चा चुलिएको थियो ।

ओलीले शुक्रबार बिहान प्रम निवास बालुवाटारमा नेपाल टेलिभिजनसँग कुरा गर्दै आफू अझै १५/२० वर्ष बाँच्ने संकेत गरे । उनले चिकित्सकहरुले आफू अझै १५/२० वर्ष बाँच्ने बताएको उल्लेख गरे ।

‘म सब ठीक छु हिजो ९९ डिग्री ज्वरो आएको थियो । एउटा औषधि खाएँ ठीक भयो,’ ओलीले भने, ‘मेरा विरोधीहरूले हल्ला फैल्याएछन् । मेरो हातका औंलादेखि खुट्टाको औंलासम्म सबै जाँच गराएको छु । चिकित्सकहरूले अझै १५ / २० वर्ष बाँच्छ्स भन्नुभएको छ ।’

उनले आफू केही दिनमै उपचारको लागि बाहिर जाने संकेत गरे । उनले भने, ‘विरोधीहरूले सोध्लान कहिले भन्नलान, म छिट्टै जान्छु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage