scheduleशनिवार आश्विन ४ गते, २०७६

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा नेकपाका ९ सचिवालय सदस्यहरु उपस्थित रहेका छन् ।

गत मंगलबार बोलाइएको बैठक हरेक दिन सर्दै आएको थियो । बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे छलफल हुने बताइएको छ ।

आजको बैठकले विभागको नेतृत्वका बारेमा टुंगो लगाउने छ । विभागको विषयलाई लिएर पूर्व एमालेमा विवाद रहँदै आएको छ। महिला, मजदुर र युवा विभागको नेतृत्वमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका नाममा माधव नेपालले फरक मत राख्दै आएका छन् ।

यसअघि साउन १३ गते बसेको बैठकमा मुख्यगरी स्कुल विभागमा विवाद भएको थियो। अन्य विभागमा करिबकरिब सहमती भएपनि स्कुल विभागमा भने सहमति हुन सकेन । उक्त विभाग पूर्वएमालेलाई परेको थियो जसमा सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गरेका थिए। पूर्वमाओवादी पक्ष भने उक्त विभागको नेतृत्वमा पोखरेललाई राख्न नहुने पक्षमा छ।

उक्त विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र राम कार्कीलगायतले दाबी गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage