scheduleसोमवार आश्विन ६ गते, २०७६

एनसेल टावरमा आगजनी

फाइल फोटो

बागलुङ, ३१ साउन । बागलुङको जैमिनी नगरपालिका वडानम्बर ७ जैदी ब्यारथला मैदानस्थित एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

विहीबार राति नचिनेका मान्छेहरुको समूहले तेल छर्केर टावरमा आगजनी गरेको हो । आगजनीका कारण उपकरणमा क्षति पुगेको छ ।

आगो राती आफैं नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय बरेङ डाँडाका प्रहरी नायब निरीक्षक दानबहादुर केसीले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage