scheduleशनिवार आश्विन ४ गते, २०७६

रविका समर्थकद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा


काठमाडौं, ३१ साउन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेका छन् । शुक्रबार साँझ
कार्यालयमा ढुंगामुढा र रड प्रहार गर्दा ५ प्रहरी घाइतेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको छ । पत्रकार आत्महत्यासँग जोडेर रवि लगायत तीनजनालाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानको लागि अदालतबाट म्याद थप्ने क्रममा शुक्रबार दिनभरी चितवनमा रविका समर्थकहरुले नाराबाजीसहित प्रदर्शन गरेका थिए।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage