scheduleशनिवार आश्विन ४ गते, २०७६

नयाँ घरबारे सोच्दै हुनुहुन्छ, हेर्नुहोस् १२ मन बहलाउने घरहरु

१. पल्लाइस बुल्स् (केन्नेस, फ्रान्स)
यो घर कानको खाडीको आकारमा बनाइएको छ । यसको मालिक पिइर्रे कार्डिन हुन् । मालिकले यसलाई बबल हाउसको नाम दिएका छन् जहाँ ठूला ठूला पार्टी र चाडपर्वहरु मनाइन्छ ।

२. नौटिलस घर (मेक्सिको सिटी)
अक्वेटिक थिममा बनाइएको यो घर खोलको आकारमा बनाइएको छ । यहाँभित्र बस्ने परिवार प्रकृतिप्रेमी हुन्छन् र यसले उनीहरुको सम्बन्ध झनै आत्मीय बनाउँछ ।

३.घुमिरहने टावर (दुवै, युएई)
डेभिड फिस्करले डिजाइन गरेको यो घर विश्वको पहिलो गतिमा भएको घर हो । यो घरले नियमित रुपमा आफ्नो आकार परिवर्तन गरिरहन्छ र बेलाबेलामा यसका तलाहरु फरक फरक देखिन्छन् ।

४. अटोमियम (ब्रसेल्स, बेल्जियम)
इलेमेन्टरी आइरन क्रिस्टल आकारमा बनाइएको अचम्मको यो घर १९५८ मा युरोपको राजधानीमा प्रदर्शनीका लागि बनाइएको थियो । यसलाई अहिले विश्वमा सबैभन्दा आकर्षक घरमध्ये एकको रुपमा लिइन्छ ।

५. नाँच्ने घर (प्रग, चेक रिपब्लिक)
अनुहारको विविधतामा डिजाइन गरिएको यो घर सांस्कृतिक केन्द्र हुने चेक रिपब्लिक राष्ट्रपति भक्लाभ हाभेलले आशा गरेका थिए । यो घरको छतमा अहिले धेरै अफिस र रेस्टुरेन्टहरु रहेका छन् ।

६. वन्डरवक्र्सस (पिगन फोर्ग, अमेरिका)
यो उल्टो बनाइएको घर कुनै प्राकृतिक प्रकोपका कारण भत्किएर उल्टिएको जस्तो देखिन्छ । यो घर १९९८ मा बनाइएको थियो ।

७. सांगितीक परियोजनाको अनुभव (सिट्टल, अमेरिका)
फोब्र्समा टप नराम्रा घरहरुमा सूचीकृत यो घरसँग जोडिएका अनेकौं विवादहरु छन् । यो घर संगीतको संग्रहालय हो ।

८. राष्ट्रिय नाटककर (बेइजिङ, चीन)
यो घुमाउरो भवन एक लाख ४९ हजार पाँच सय वर्गमिटरमा फैलिएको छ । यससँग टाइटानियम शेल हुन्छ । दीर्घवृत्ताकारको आधा बांगिएको शिशाले घेरिएको दिन र रातमा प्रकाशको अनौठो संयोजन गरिएको छ ।

९. ढुंगाको घर (गुइमरेइस, पोर्चुगल)
दुई ठूला विशाल ढुंगाहरुको बीचमा बनाइएको घर हो यो । फ्लिन्टस्टोन कार्टुनबाट आइडिया लिएर बनाइएको मानिन्छ यो घर । यससँग ढोका, झ्याल र छानाहरु सामान्य घरहरुको जस्तै हुन्छन् ।

१०. अपसाइड डाउन हाउस (सिम्बार्क, पोल्याण्ड)
यो असाधारण घर छानामा उभिएको छ । दुर्घटनास्वरुप उल्टिएको जस्तो देखिने यो घर कुनै प्राकृतिक प्रकोपका कारण यस्तो भएको होइन, बरु यसरी नै बनाइएको हो ।

११. कुन्स्थाउस ग्राज (ग्राज, अस्ट्रिया)
कुनै एलिएनको घर जस्तो देखिने यो घर वास्तवमा विविध कला, ढाँचा, फिल्म र फोटोग्राफीको संयोजनकको उदाहरण हो ।

१२. हाउस एट्याक (भियना, अस्ट्रिया)
यो हाउस एट्याक नामले कुनै यस्तो परिवारको घरलाई जनाउँछ, जसले संग्रहालयको मोहरालाई इंकित गर्दछ । हेर्दा रमाइलो लागे पनि यसले विख्यात कलाको प्रतिनिधित्व गर्दछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage