scheduleशनिवार आश्विन ४ गते, २०७६

विद्यालयमा नर्स कार्यक्रमले फेरिँदै विद्यार्थीको जीवनशैली

काठमाडौँ, ३२ साउन । बागबजारस्थित ललिता अधिकारीका दुई छोरी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा कक्षा १ र ५ मा अध्ययनरत छन् । अहिले अधिकारीका दुवैजना छोरीको जीवनशैली फेरिएको छ ।

पहिले बिस्कुट, चाउचाउ, लेज, कुरमुरेजस्ता खानेकुरा उनीहरूलाई नभई हुँदैनथ्यो । खाजा खाँदा होस् वा खाना खान लाग्दा, पैसा लिएर पसल जाने र लेज तथा कुरमुरे हातमा राखेर मात्र भात खुवाउनु पथ्र्याे ।

दुवै छोरीलाई बजारमा पाइने ‘जङ्क फुड’ खाने बानी बसिसकेको थियो । छोरीहरूले कुनै विषयमा झगडा गरे पनि फकाउन पसलै जानुपथ्र्याे । चाउचाउ, लेज, कुरमुरे, फेन्टा, कोक, फ्रुटीजस्ता खानेकुराले मात्र छोरीहरूको चित्त बुझाउनुपर्ने अवस्था थियो ।

तर पछिल्लो समय ती दुई छोरीको बानीमा व्यापक परिवर्तन आएको छ । जङ्क फुडबिना बस्नै नसक्ने ललिताका छोरीहरू अहिले आमालाई चाउचाउ, चाउमिन, लेजजस्ता खानेकुरा खान हुँदैन भनेर सम्झाउने गर्छन् । कहिलेकाहीँ छिटोछरितो खाजाका लागि चाउचाउ ल्याए पनि छोरीहरूले आमालाई गाली गर्ने गरेका छन् । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage