scheduleशनिवार आश्विन ४ गते, २०७६

बैंकको नाफा ६५ अर्ब ३९ करोड

काठमाडौं, ३२ साउन । २८ वाणिज्य बैंकले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ०७४/७५ को तुलनामा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले बढेको हो ।

२०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएको छ । कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफमा उल्लेख्य वृद्धि भएको छ ।

आव २०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage