scheduleशनिवार आश्विन ४ गते, २०७६

‘प्रदेश २ का छोरी जन्मिँदै लखपति’

लहान, ३२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशअन्तर्गतका आठ जिल्लामा १ माघदेखि जन्मिएका छोरीहरू जन्मिँदै लखपति भएको बताएका छन् ।

लहान नगरपालिका १९ छरापट्टि गाउँमा बिहीबार साँझ जामिया वरियतुल बनात (कन्या मदर्सा विद्यालय) उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

समाजमा छोरीलाई हेर्ने दृष्टिकोण बदल्न प्रदेश सरकारले छोरी जन्मिएलगत्तै लखपति बनाउने योजना कार्यान्वयन गरेको उनले स्पष्ट पारे ।

‘जसरी आधाभन्दा बढी हिस्सा ओगटेर पनि विभेदमा परेका महिलालाई मूलधारमा नल्याए समाज फेरिँदैन, त्यसैगरी समाज परिवर्तनविना विकास र समृद्धि सम्भव छैन,’ मुख्यमन्त्री राउतले भने, ‘त्यसैले महिलालाई समानताको हक दिलाउन प्रदेश सरकारले छोरीको बिमा, बोटी पढाऊ– बेटी बचाऊ अभियान चलाएको हो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage