scheduleशनिवार आश्विन ४ गते, २०७६

पुलको पिलर हेर्दै डुंगामा सरर …

कञ्चनपुर, ३२ साउन । दुई वर्षभित्र सक्ने गरी ०७१ असारमा एलाइट एडभेन्चर जेभीले धनगढी चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीमा पुल बनाउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म पुलका खम्बा मात्रै ठडिएका छन् ।

दुईपटक थपिएको अवधिमा पनि काम सम्पन्न हुन सकेको छैन । सात करोड ४२ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको ठेकेदार कम्पनीले पुल नबनाइकन हालसम्म चार करोड नौ लाख ८१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।

धनगढी चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । दुई वर्षभित्र सक्ने गरी ०७१ सालमा निर्माण सम्झौता भएकोमा पाँच वर्ष बित्दा पनि करिब आधा काम बाँकी छ । निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीय बासिन्दा भने पैसा तिरेर डुंगाबाट नदी तर्न बाध्य छन् । नयाँ पत्रिका दैनिकमा तेजराज भट्टले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage