scheduleसोमवार आश्विन ६ गते, २०७६

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन


काठमाडौं, ३२ साउन । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । निमोनियाबाट पीडित रहेकी ७२ वर्षीया अधिकारीको डल्लुस्थित आफ्नै घरमा शनिबार बिहान निधन भएको हो ।

सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी उनी करिब चार दशकदेखि कलाकारितामा सक्रिय रहँदै आएकी थिइन् । चिनो, कन्यादान, भाउजु लगायत उनले अभियन गरेका चलचित्र दर्शकले मन पराएका छन् । चलचित्रसँगै नाटक, गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी अधिकारीको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

एक छोरा र एक छोरीकी आमा अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage