scheduleसोमवार फाल्गुन १२ गते, २०७६

श्रीमतीको हत्या गरी फरार रहेका कुर्मी पक्राउ

पर्सा, ३२ साउन । सामान्य विवादमा आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका पर्साका मुक्ति नारायण कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ घरायसी विवादमा आफ्नै घरमा धारिलो हतियारले श्रीमतीको हत्या गरी फरार रहेका कुर्मीलाईप्रहरीले शनिबार पक्राउ गरेको हो।

अभियुक्त कुर्मीले आफ्नै ३५ वर्षीया श्रीमती संगीतादेवी कुर्मीलाई सामान्य विवादमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ।

फरार कुर्मीलाई खोजी गर्ने क्रममा पक्राउ गरिरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय