scheduleशनिवार आश्विन ४ गते, २०७६

पार्टी एकता टिक्दैन भन्नु विगतमा गणतन्त्र आउँदैन भन्नुजस्तैः प्रचण्ड

फाइल फोटो

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताए । ‘कहिलेकाही पार्टी एकता नगरेको भए कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ,’ उनले विगत स्मरण गर्दै भने, ‘सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ ।’

अहिले यही चिन्ताले अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै गएको प्रचण्डको भनाइ थियो । विगतमा युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भनेको स्मरण गर्दै अहिले पनि पार्टी एकता टिकाउन नसक्ने भन्ने टिप्पणीलाई गलत साबित गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

यसैबीच, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमो पाटीभित्रको वरीयताको विषय र पार्टीका आन्तरिक विषयमा छलफल भएको बताईएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएपछि प्रचण्ड माधव नेपाललाई भेट्न गएका हुन् । शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेन्डा थियो । बैठक स्थगित किन भयो भन्नेबारे भने केही खुलाइएको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage