scheduleबिहिवार आश्विन २ गते, २०७६

काश्मिरमा १२ दिनपछि आंशिकरुपमा टेलिफोन सुचारु


एजेन्सी, ३२ साउन । भारतको काश्मिरमा १२ दिनदेखि बन्द रहेको टेलिफोन र इन्टरनेट सेवा आजबाट आंशिक रूपमा सुरु भएको छ । जम्मूका पाँच जिल्लामा आजबाट आंशिक रुपमा टुजी सेवा सहितको इन्टरनेट सेवा सुरू गरिएको भारत सरकारले जनाएको छ ।

अहिले १७ वटा ल्यान्डलाईन टेलिफोन सेवा मात्र सुचारु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बन्द रहेका बाँकी सबै टेलिफोन सेवा आइतबार साँझबाट सुरु गर्ने भारतीय सञ्चार मन्त्रालयले जनाएको छ ।

गत अगस्ट ५ देखि भारत प्रशासित काश्मिरमा टेलिफोन सेवा बन्द रहेको थियो । गत अगस्त ५ का दिन जम्मू काश्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्तको घोषणा गरिएपछि हुन सक्ने सम्भावित अप्रिय दुर्घटनलाई रोक्न सुरक्षाको दृष्टिकोणले दुरसञ्चारका सेवा बन्द गरिएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage