scheduleशनिवार आश्विन ४ गते, २०७६

स्पेनिस लिग ला लिगाः रियल मड्रिडको सुखद सुरुवात

काठमाडौँ, १ भदौ । स्पेनिस लिगको पहिलो खेलमा रियल मड्रिडले सफलता हात पार्न सफल भएको छ ।

सिजनको पहिलो खेलमा रियलले सेल्टा भिगोलाई ३-१ गोलले पराजित गरेको हो ।

लुका मोड्रिच रातो कार्ड खाँदै बाहिरिएपछि रियल १० जना खेलाडीमा सिमित भएको थियो ।

रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल गरे ।

रियलका लागि खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गरे ।

रियलका लागि खेलको ६१ औं मिनेटमा क्रुसले गोल गरे । ८० औं मिनेटमा भास्क्वेजले गोल गरे । खेलको अन्तिम समयमा इकरले गोल गरेका थिए । रियलले अन्ततः यस सिजन विजयी सुरुवात गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage