scheduleशनिवार आश्विन ४ गते, २०७६

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

काठमाडौँ, १ भदौ । प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई २-१ गोलले पराजित गरेको छ ।

लिभरपुललाई जित दिलाउन साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए ।

लिभरपुलका लागि खेलको ४५ औं मिनेटमा मानेले गोल गरे ।

खेलको ७१ औं मिनेटमा फिर्मिन्होले गोल गरे ।

तर, खेलको ८३ औं मिनेटमा गोलरक्षकले गल्ती गर्दा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काए ।

अपराजित लिभरपुलको २ खेलबाट ६ अंक भएको छ । लिभरपुल लिगको शिर्ष स्थानमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage