scheduleमगलवार कार्तिक २६ गते, २०७६

रवि लामिछाने प्रकरणः कागती रोपेर सुन्तलाको आशा नगरौं

भानुभक्त आचार्य

समय परिस्थिति कमजोर भएपछि, न्याय पाइन्छ भन्ने कुरामा विश्वास हराएपछि, सरकारी संयन्त्रहरुले घूस र भ्रष्टाचारमा मुछिएर पहुँचवालाकै पक्षमा काम गर्छन् भन्ने भएपछि सर्वसाधारण मानिसहरु एउटा चमत्कारिक मान्छेका पछि दौडिन्छन् ।

यो नेपाली इतिहास र परम्पराहरुसँग जोडिएको प्रवृत्ति हो, हिजोआज फुत्त्त आएको चिज होइन । जे होस् हिजोसम्म रवि लामिछाने त्यसको प्रतीक थिए । उनका पछि दौडिएकाहरु अहिल्यै त्यो सपनाबाट व्यूझिन चाहँदैनन् किनभने व्यूँझिएर प्राप्त हुने वातावरण पनि गतिलो छैन ।

हरेक नेपाली सर्वसाधारण आफ्नो भाग्य निर्माता सहनशाह (वा त्यसको नेपाली संस्करण रवि लामिछाने) को खोजिमा छ । राजा महेन्द्र, गणेशमान, राजा ज्ञानेन्द्र, प्रचण्ड, केपी ओली आ–आफ्नो समयका रवि लामिछाने नै हुन् । गरिबीमा देश छट्पटाउन्जेल, असिमित बेरोजगारी होउन्जेल, युवाहरु अरब र मलायामा बन्धक रहुञ्जेल सर्वसाधारण मानिसहरु आफ्नो समयको रवि लामिछानेको खोजीमा हुन्छन् ।

हामीले हिजोअस्ति हेर्ने गरेका हिन्दी नेपाली फिल्महरुले त्यस्तै सिकाएका छन् । सरकार, न्यायालय एवम् शान्तिसुरक्षाको जिम्मेवारी लिएकाहरुले आफ्नो दायित्व अनुसारकै काम गर्छन् भन्ने अवस्था आएका दिन अपराधको आरोप लागेकाहरुको पछि कोही लाग्दैन । जबसम्म न्यायपूर्ण समाजको निर्माणले गति लिँदैन, तबसम्म यो खोजी जारी रहन्छ ।

अहिले रवि लामिछानेका कार्यकर्ता वा समर्थकलाई “धैर्य राखौं । कानुनको निर्णय कुरौं । न्याय पाइन्छ” भन्ने कतिपय हिजो आफ्नो पक्षको नेता कार्यकर्ता पक्राउपर्दा प्रहरी प्रशासन र न्यायालय नै खर्लप्पै निलुँला जस्तो गरेर नेपाल बन्द गरी छुटाउनेहरु छन् ।

हिजोका पुस्ताले जे गरे, अहिलेकाले त्यसैको सिको गर्ने हो । मुहान सङ्लो पारौं, खहरे सङ्लिन कत्तिबेर लाग्दैन ।

कागती रोपेर सुन्तलाको आशा नगरौं ।

(लामो समयदेखि पत्रकारिता अध्यापन गर्दै आएका आचार्य हालः क्यानडास्थित ओट्टावा विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका छन् । आचार्यको फेसबुक स्टाटसबाट साभार)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage