scheduleबिहिवार आश्विन २ गते, २०७६

बाबुरामलाई सदनबाट ओलीको जवाफ- निर्वाचनसम्म कुर्नुहोस्


काठमाडौं, १ भाद्र । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको कुर्सीमा बस्न मन नभएको बताएका छन् ।

शनिबार गोर्खा पुगेका समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार ढल्ने डरले प्रधानमन्त्रीको खुट्टा थरथरी कामिरहेको अभिव्यक्ति दिएका थिए । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाबुरामको नाम नलिगी भने, ‘केहि मानिसहरुले सरकार ढल्ने डरले प्रधानमन्त्रीको खुट्टा थरथरी कामिरहेको बताएछन्, पद नगाको मान्छे कोही देखेको छैन । राजा महाराजाहरुको पनि पद जान्छ, गयो ।’

उनले आगामी निर्वाचनपछि प्रधानमन्त्रीमा निरन्तरता नदिने संकेत गरे । ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन,’ उनले भने, ‘ती साथीहरुलाई निर्वाचनसम्म धैर्य गर्न म आग्रह गर्न चाहन्छु ।’ उनले अगाडि थपे, ‘यस्तो दिवा स्वप्ना नदेख्न आग्रह गर्दछु । यो सरकार ठूला ठूला चुनौतीहरु सामना गरेर आएको छ । यत्तिकै खुट्टा थरर थरर हुँदैन ।’

प्रधानमन्त्री ओलीले सडकमा उत्रिएका शक्तिलाई प्रतिगामी शक्तिको संज्ञा दिए । ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले सुम्पिएको जिम्माबाट भाग्दैन,’ उनले राजतन्त्रको नाम नलिई भने, ‘चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भन्दै उफ्रिए हुन्थ्यो ।’

सरकार नरम भएको पुरानो व्यवस्था फर्काउन चाहनेहरुलाई नपत्याएर हो भन्दै उनले थपे, ‘सरकार नरम भएको नपत्याएर हो । पत्याउनु पर्ने दिन सरकार सामना गर्न सक्५ । यसको रक्षा र कार्यान्वयन गर्छ ।’

उनले मेलम्चीको पानी ल्याएरै छाड्ने जिकिर गरे । ‘ठेकेदार भागेको हो, यस्तो कहिले कहिले हुन्छ । सरकार भागेको होइन, ठेकेदार भागेको हो,’ उनले भने, ‘मेलम्चीको पानी ल्याउँछौं ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage