scheduleबुधवार मंसिर ४ गते, २०७६

मजदूर बोकेको भ्यान ट्रकसँग ठोक्कियो, ११ को मृत्यु

प्रतिकात्मक तस्बिर

बैंकक, १ भदाै । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् ।

भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए ।

प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ । राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो । उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए । सिन्ह्वा

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage