scheduleशनिवार आश्विन ४ गते, २०७६

पक्राउ परे विप्लव नेकपाका ५ नेता

झापा, १ भदाै । नेत्र विक्रम चन्द विप्लव नेकपाका ५ जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका राजु दास, सागर लिम्बु उर्फ सक्कल, नरपति पौडेल, यम योगेश लिम्बु र सन्देश भनिने गणेश कार्की ढोली छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विभिन्न प्रमाणसहित उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीले  बताएको छ  ।

राजु विप्लवका पाँचथर जिल्ला इञ्चार्ज र मेची ब्यूरो सदस्य हुन् भने सागर ताप्लेजुङ इञ्चार्ज, नरपति मेची ब्यूरो सदस्य र ताप्लेजुङ जिल्ला सेक्रेटरी, योगेश ताप्लेजुङ जिल्ला कमिटी सदस्य र गणेश जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य र अखिल क्रान्तिकारीको मेची, कोशी ब्यूरो संयोजक रहेको प्रहरीले बताएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage