scheduleसोमवार आश्विन ६ गते, २०७६

नेकपाले टुङ्ग्यायो जनवर्गीय संगठनको नेतृत्व, माधवको ‘नोट अफ डिसेन्ट’


काठमाडौं, १ भाद्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो । उक्त निर्णयलाई सचिवालय सदस्य माधव नेपालले भने असहमति राखेका छन् ।

नेपालले ६ वटा जनवर्गीय संगठनको नेतृत्वमा ‘नोट अफ डिसेन्ट’ प्रस्ताव राखेका हुन् । नेपालले आफ्नो वरियता खोस्ने निर्णयप्रति पनि असहमति राखेका छन् । बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेपछि नेपालले लिखित असहमति राखेका हुन् । नेकपामा वरीयतामा वरिष्ठ नेताको एक नम्बरमा खनाल र दुई नम्बरमा नेपाललाई राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि राखेका हुन् ।

बैठकमा नेपालले नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेका थिए । तर, बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको नेकपा स्रोतले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage